दफा १८
प्रज्ञा प्रतिष्ठानको सेवा आयोग
(१) प्रज्ञा प्रतिष्ठानमा कर्मचारीहरूको स्थायी नियुक्ति र बढुवाको सिफारीस गर्न देहाय बमोजिम एक प्रज्ञा–प्रतिष्ठान सेवा आयोग रहनेछः–
(क) कुलपतिबाट मनोनीत व्यक्ति – अध्यक्ष
(ख) लोकसेवा आयोगको अध्यक्षले तोकेको एकजना सदस्य – सदस्य
(ग) प्राज्ञहरू मध्ये कुलपतिबाट मनोनीत एकजना प्राज्ञ – सदस्य
(घ) प्रज्ञा प्रतिष्ठानको सचिव – सदस्य–सचिव
(२) सेवा आयोगका अध्यक्ष र मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरूलाई अर्को एक पटक पुन नियुक्त गर्न सकिनेछ ।
(३) सेवा आयोगको अन्य काम, कर्तव्य, अधिकार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(४) सेवा आयोगको अध्यक्ष र सदस्यहरूको काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ ।
(५) सेवा आयोगको अध्यक्षले सेवा आयोगको वार्षिक प्रतिवेदन कुलपति समक्ष पेश गर्नेछ र कुलपतिले सो प्रतिवेदन विचारार्थ सभामा प्रस्तुत गर्नेछ । सभाले सो प्रतिवेदन माथि विचार गरी सेवा आयोगलाई आवश्यक निर्देशन दिन सक्नेछ ।